मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:०३
वासिङटन डिसी 22:18

कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम आयोजना हुदै

नातिबाबु भट्ट कोलोराडो अमेरीका २०७८ असोज २३ गते २१:३० मा प्रकाशित

नातिबाबु भट्ट,कोलोराडो,अमेरीका,अक्टोवर ९, -२०२१ हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवशरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।

नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा कोलोराडोमा कृयाशिल संघ संस्था र दाताहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो।आगामी अक्टोवर ३० तरिक शनीबारका दिन ब्रुमफिल स्थित लेगेसी हाई स्कूल ( 2701 W 136th Ave.Broom Field,Co 80023 ) मा सांझ ५.३० बजेदेखि राती ९.३० बजेसम्म बिविध सांस्कृतिक कार्यक्रम मार्फत बडा दशैं तथा दिपावलीको शुभकामना आदान प्रदान गरिने संस्थाका अध्यक्ष टिका पौडेलले बताएका छन्।

 

 

कार्यक्रममा गायक अनिश ओकिली र स्थानीय कलाकारहरु दिपक गौतम,संझना पाण्डे मनोजकाजी तुलाधर लगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहने बताईएको छ।कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी,गन्यमान्य,व्यावसायी,बुद्धीजिवी,कलाकार,साहित्यकार,पत्रकार,नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारण सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको संस्कृती संरक्षण र पहिचाहनमा सहयोग गर्न अध्यक्ष पौडेलले चुले निम्तो गरेका छन्।

सबै नेपालीहरु एकै ठाउंमा भेला भई सांगीतिक कार्यक्रमका साथ आपसमा भलाकुसारी गर्दै महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदानगर्न पाउने महत्वपुर्ण अवसर भएकोले आफ्ना साथी भाई ईष्ट मीत्र,छर छिमेक,सबैलाई खवर गरी कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गरिदिन हुन समेत सबैलाई अनुरोध गरिएको छ।संस्थाले बिगत दुई दशक देखि हरेक बर्ष दशै तिहार कार्यक्रमको आयोजना गर्दै आएको छ।

प्रतिक्रिया