कुन्दुजको शिया मस्जिदमा भएको विष्फोट जिम्मेवारी आइएसआइएस-के ले लिएको छ। अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजको एक शिया मस्जिदमा गत शुक्रवारको दिन नमाजको बेला भएको आत्मघाती बम विष्फोटमा दर्जनौं मानिस मारिएका छन्।
खोरासन प्रान्तमा रहेको इस्लामिक स्टेट -के ले शुक्रवार आफ्नो टेलिग्राम च्यानल मार्फत आक्रमणको जिम्मेवारी लिएको छ।
टेलिग्राममा जारी एक वक्तब्यमा समूहले एक मस्जिद भित्र जम्मा भएका शिया पूजा गर्नेहरुको भीडको बीच एक आईएसआईएस-के आत्मघाती बम विष्फोट भनेको छ ।
श्रब्य दृश्यका असम्पादित सामग्री (भिडियो फुटेज)मा गोजर-ए-सईद अबाद मस्जिद भित्र भग्नावशेषले घेरिएको शव देखिएको छ जुन अल्पसंख्यक शिया मुस्लिम समुदायका मानिसहरु प्रयोग गर्छन्।
त्यहाँ हताहतहरुको संख्याको बारेमा विरोधाभासी प्रतिबेदन छन् भनि अलजजिराले समाचारमा लेखेको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय मिशनले एक ट्वीटमा विष्फोटमा १०० भन्दा बढी मानिस मारिएको र घाइते भएको जनाएको छ।
कुन्दुज प्रान्तका प्रहरी नायब प्रमुख मित्र मोहम्मद ओबैदाले पनि आक्रमणमा कम्तीमा १०० जना मारिएको वा घाइते भएको बताएका छन् र उनीहरुमध्ये अधिकांश मारिएका छन्।
“म हाम्रा शिया दाजुभाइहरुलाई आश्वासन दिन्छु कि तालिबान आफ्नो सुरक्षा सुनिश्चित गर्नको लागी तयार छ,” ओबाईदाले भने, ” उनले अनुसन्धान चलिरहेको बताए ।”
यसैबीच, सरकारी सञ्चालित बख्तार न्यूज एजेन्सी(संचार माध्यम)का अनुसार कुन्दुज शहरको खान अबाद क्षेत्रमा मस्जिदभित्र कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन्।
प्रतिक्रिया