काठमाडौँ।गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।’दुई पात पलायोकी’ बोलको गीतमा श्री सिवाको शब्द तथा टिका भण्डारीको संगीत रहेको छ।कुमार थापाको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी गौरब गिरिले गरेका हुन्।दिपक गिरीले छायाँकन गरेको भिडियोलाई सम्पादन तथा कलर बिष्णु खड्काले गरेका छन्।चन्द्र मगर निर्माता रहेको भिडियोमा सुरज श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन्। भिडियो सिवा ग्रुपको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया