सिएनएनकी पूर्व बिभाग प्रमुख समेत रहेकी फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका डिमीट्री मुराटोभलाई शान्ति नोबेल पुरस्कार प्रदान गरिएको छ ।
फिलिपिन्स र रूसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागी उनीहरुले खेलेको भूमिकाको कदर गर्दै नोबेल शान्ति पुरस्कारद्वारा दुवैलाई सम्मानित गरीएको छ।
रेसा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको शासनको आलोचना गर्ने एउटा समाचार निकाय र्याप्लरको कार्यकारी प्रमुख हुन् भने मुराटोभ स्वतन्त्र रुसी पत्रिकास नोवाया गाजेटाको प्रमुख हुन्।
“स्वाधीन , स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताको माध्यमद्वारा शक्तिको दुरुपयोग, झुट र युद्धको प्रचारबाट बचाउनको लागी काम गर्दछ,” नर्वेजियन नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले अक्टोबर ८ शुक्रवारका दिन ओस्लोमा उक्त पुरस्कारको घोषणा गरिन ।
उनले भनिन् कि समितिको छनौट “यी मौलिक अधिकारहरुको सुरक्षा र बचावको महत्वलाई रेखांकित गर्नको लागी हो।”
रेसा , पूर्व सीएनएन ब्यूरो चीफ ( बिभाग प्रमुख )र टाइम पत्रिकाको टाइम पर्सन अफ द इयर(बर्षकि ब्यक्ति ), हालैका वर्षहरुमा कानूनी लडाईहरुमा फस्दै छिन् र उनी भन्छिन् कि उनी दुतेर्तेको बारेमा उनको समाचार संजालस्थल (साइट)को आलोचनात्मक समाचार (रिपोर्ट) को कारण लक्षित भएको छ।
“हामीले लोकतन्त्रमा हरेक व्यक्तिलाई सचेत गराउनु पर्छ,” रेसाले सन् २०१९ मा अभिव्यक्ति स्वतन्त्रताको लडाईमा सीएनएनलाई भनिन्। “यी स्वतन्त्रताहरु हाम्रा आँखाको सामु नष्ट हुँदैछन् … यदि तपाइँसँग तथ्य छैन भने, तपाइँसँग सत्य हुन सक्दैन।”
रेसा यस वर्ष नोबेल पुरस्कार पाउने पहिलो महिला भएकी छिन ।
मुराटोभले १९९३ मा नोवाया गजेटाको सह-स्थापना गरेका थिए भने १९९५ देखि उनि प्रमुख सम्पादक हुन् । स्वतन्त्र अखबारका छ जना कर्मचारीहरु त्यस समयदेखि मारिएका छन्, समितिले भन्यो।
प्रतिक्रिया