द डटरबाट नायक,नायिका र चरित्र अभिनेतालाई अवार्ड

इनेप्लिज २०७८ असोज २२ गते १०:५३ मा प्रकाशित


काठमाडौं,२२ असोज -सामाजिक विषय बस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीन वटा विधामा अवार्ड जितेको छ।काडमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा सम्पन्न चौथो संस्करणको‘पिम नेपाल फिल्म फेस्टिबल–२०२१’ मा लघू चलचित्रको प्रतिस्पर्धामा द डटरले तीनवटा अवार्ड जितेको हो।

महोत्सब द डटरबाट सर्ट फिल्म विधामा सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता प्रवण भुषालले,सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड गायिका तथा अभिनेत्री सरिता भारतीले र सर्वोत्कृष्ट चरित्र अभिनेताको अवार्ड प्रेम पान्डेले जितेका हुन्।

प्रवणकै कथा रहेको यो चलचित्रमा छोरी जन्माउन नचाहेकी एक आमालाई श्रीमान र डक्टरले छोरीको बारे सकरात्मक प्रभाव पारेर छोरी जन्माउन इच्छुक बनाउँछन् ।ती महिलालाई समाजमा छोरी सुरक्षित छैन भन्ने भयले छोरी जन्माउने चाहना हुँदैन।चलचित्रको यो कथालाई अभिनेता प्रवणले लेखेका हुन्।जसमा पटकथा, सम्बाद र निर्देशन डब्बु क्षत्रीको रहेको छ।

द डटरमा विशाल प्रजापतिको छायाँकन,साहिल खानको सम्पादन,राजेन्द्र बजगाईंको पाश्र्व संगीत,रेनिश फागोको रँग सँयोजन,मुकेश शाहको ध्वनी मिश्रण र गणेश बुढाथोकीको पब्लिसिटी रहेको छ।यो सर्ट फिल्ममा प्रवण,सरिता,प्रेमसँगै ऋतु कोईराला,सुवास खडका,सुष्मा राई,लेखराज दाहाल,बेबी रोजा ढकाल, गँगा ठाकुुर र अप्रिसा भुषालको अभिनय छ।विलक्षण क्रियसनको व्यानरमा बनेको यो चलचित्रलाई अप्रिसाले निर्माण गरेकी हुन्।

यो महोत्सबमा ३५ वटा भन्दा बढी लघू चलचित्र चयन तथा अनलाईनबाट प्रदर्शन भएका थिए।जस मध्यबाट द डटरले उत्कृष्ट तीन विधामा अवार्ड जितेको हो।

 

प्रतिक्रिया