तिमी आउने प्रतिक्षामा बाटो ढुकी पर्खिरहे
तिमी आउने गोरेटोमा नयन बिछ्याई हेरिरहे
तिमी बिनाको एकपल पनि बर्षौ झैँ लाग्न थाल्यो
हर रमाइला क्षण पनि बिरानो झैँ लाग्न थाल्यो
कस्तो हो यो प्रतिक्षा पलपल कटाउननै गार्हो भो
कस्तो हो यो सम्झना भित्र भित्रै सार्हो भो।
तिमी आउने प्रतिक्षामा समयले डाडो काट्यो
तिमी आउने आशालाई निराशाले चाडो ढाक्यो
तैपनि तिम्रो आगमनको प्रतिक्षामा रसिला
मेरा नयन गोरेटोमा अल्झी नै रह्यो,अल्झी नै रह्यो।
-रजनी मल्ल न्यु जर्शी अमेरिका।
प्रतिक्रिया