कवि रामकृष्ण आकस्मिक रुपमा आफ्नो व्यक्तिगत काम परेर एकघण्टाको लागि कार्यालयबाट अनुमति लिएर बानेश्वर पुगे।बानेश्वर पुगेको आधा घण्टामै उनको काम सिद्धियो त्यसपछि चिया खान मन लागेर उनी एउटा होटलभित्र छिरे।होटलभित्र उनको आँखाले पूर्व चिनजानका पाँचजना साथीहरुले चिया बिस्कुट खाइरहेको देखे ।ती साथीहरुले पनि उनलाई देख्ने बित्तिकै “कविजी,चिया खाने कि भने।” चिया खान भनेर नै होटलभित्र पसेको नि उनले प्रतिउत्तर दिए।
होटलको साहुनीसंग एककप चिया मागेर उनले खाए।चिया खाइसकेपछि उनका साथीहरुले आज हामीले खाएको चिया बिस्कुटको पैसा कविजीले तिर्ने होला नि भने।उनले मनमनै चिया बिस्कुटको पैसा तिर्न सक्तिन भन्न पनि लाज लाग्छ नतिरी भएन भनेर हुन्छ नि म तिर्छु भनि हाले र आफ्नो खल्तीबाट पाँचसयको नोट झिकेर हामी सबैको चिया बिस्कुट खाएको कति भो भन्दै साहुनीको हातमा राखे। साहुनीले नब्बे रुपैया कटाएर चारसय दस रुपैँया उनलाई फिर्ता दिइन्।घरबाट हिँड्दा श्रीमतीले पाँचसय रुपैँया पर्ने कलकुलेटर किन्न भनेर दिएको पाँच सयको नोट चार सय दश रुपैँयामा झरेको कारणले कलकुलेटर किन्न सकेनन् र निराशा हुँदै कार्यालयतिर फर्के।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नम्बर ९८८९०८२५०१
मोबाइल नं. ९८४१७९७६६४
काठमाडौं
प्रतिक्रिया