घटस्थापनामा शान्तिश्रीसंग टिकाको ‘सलल झलल’

इनेप्लिज २०७८ असोज २१ गते १०:४२ मा प्रकाशित

बडा दशैँको आज पहिलो दिन घटस्थापाना।हिन्दु धर्मावलम्बीले बिशेष रुपले मनाउने यो चाडको अवसर पारेर नयाँ गीत ‘सलल झलल’ सार्वजनिक भएको छ।दशैँ र तिहार बिशेष बनाएर गरिएको यो गीतमा टिका शिवाकोटी,शान्ति श्री परियार,तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ।गीतमा तिलक बस्नेतको शब्द/संगीत रहेको छ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियो मा हरिश निरौला, जुना सुन्दास,लक्ष्मी गिरि,कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा बिकास नेपालीको कोरियोग्राफी रहेको छ।अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

प्रतिक्रिया