वीरेन्द्र रावल,धनगढी,असोज १९÷जसको कोही छैन,त्यसको हामी छौं अभियान नेपाल र राष्ट्रिय माध्यमिक विद्यालय कोटातुल्सिपुरको संयुक्त आयोजनामा लागुऔषध लागुऔषध द्रुब्यसनी सम्बन्धि सचेतना सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ।
पछिल्लो समय लागुऔषध द्रुब्यसनीमा युवाहरु फस्दै जान थाले पछि मंगलबार राष्ट्रिय माध्यमिक विद्यालय कोटातुल्सिपुर सचेतना कार्यक्रम गरिएको हो।
लागुऔषध द्रुब्यसनी सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्गालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले अभिभावकले बालबालिकालाई आफ्नो निगरानीमा राख्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—अभिभावकको निगरानीमा बालबालिका नहुँदा कुलतमा फस्दै गएका छन।
उहाँले काँचो माटो जस्तै बालबालिका पनि भएकाले अभिभावकले बालबालिकालाई जस्तो बनाउन खोज्यो त्यस्तै हुने बताउनु भयो।अभिभावक र छरछिमेकीको देखासिखीमा बालबालिकाहरु लतमा फस्दै गएको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले बालबालिकालाई द्रुब्यसनी मा फस्न नदिन सबैले एक जुट लाग्नुपर्ने बताउनु भयो।उहाँले भन्नुभयो—बालबालिका भोलीका देशका कर्णधार हुन्।
कार्यक्रममा जिल्ला बिकास समन्वय इकाई धनगढीका प्रमुख प्रताप धामीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा साहारा पुर्नस्थापना केन्द्रका अध्यक्ष उपेन्द्र बटाला,नयाँ गोरेटो पुर्नस्थापना केन्द्रका अध्यक्ष उमाकान्त तिमिल्सिना,शिक्षक,विद्यार्थी र अभिभावक लगायतको उपस्थितमा रहेको थियो।
जसको कोही छैन,त्यसको हामी छौं अभियान नेपालका अध्यक्ष नेत्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक भीमदत्त विनाडीले दिनुभएको थियो।भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ ताराप्रसाद जोशीले गर्नुभएको थियो।
प्रतिक्रिया