मदनकुमारले आफ्नो गाउँको सरकारी विद्यालयमा पढाइरहदा विद्यार्थीहरुलाई पढाउने क्रममा हामीहरुले आफूभन्दा सानालाई प्रेम र ठूलालाई आदर गर्नुपर्दछ भनि सिकाए।केही दिन लगत्तै भूतपूर्व मन्त्री गणेशबहादुर कुनै कामको सिलसिलामा आफ्नो छोरा लिएर मदनकुमारको घरमा पुगे।उनले मन्त्रीलाई सामान्य शिष्टाचार पनि नराखी किन आउनु भयो भनि बस्दै नबसी प्रश्न गरे र मन्त्रीले आफू आउनु परेको कुरा बताए।मन्त्रीको छोरा मनोजले आफ्नो सरसंग जिज्ञासा राखेर प्रश्न गर्यो “सर अस्ती मात्र एकदिन हामीलाई हजुरले कक्षामा पढाउनु हुंदा आफूभन्दा सानालाई प्रेम र ठूलालाई आदर गर्नुपर्दछ भनेर सिकाउनु भएको आफू चाहि पालना नगर्ने मेरो बुबालाई हजुरले किन राम्रो आदर गर्नु भएन नि मेरो बुबालाई नमस्कार पनि गर्नु भएन।”
मदनकुमारले सजिलै जवाफ दिए “तिम्रो बुबा मन्त्री हुंदा मैले भेट्दा नमस्कार गरिरहेकै छु नि।अहिले तिम्रो बुबा मन्त्री कहाँ हुनुहुन्छ र मैले नमस्कार गर्ने तिम्रो बुबालाई।“उसो भए मैले पनि सरसंग पढ्न पाउंदा मात्र सरलाई नमस्कार गर्नेछु सरले मलाई पढाउन छाड्नु भएपछि मैले सरलाई नमस्कार नगरे हुने भो हुन्न र ?” विद्यार्थीले जवाफ दिए।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नम्बर ९८८९०८२५०१
मोबाइल नं.९८४१७९७६६४
काठमाडौं
प्रतिक्रिया