चियापसलमा पुगेर साहुनीसँग चिया खान मन लागेर एक कप चिया र एक पुरिया बिस्कुट मागें।साहुनी चिया बनाउन थालिन्।बिस्कुट निकालेर दिइन्।बिस्कुट खाँदै गर्दा दुईजना सँगै काम गर्ने कार्यालयका साथीहरू आएर चिया मगाएर मैले खाँदै गरेको पुरियाको बिस्कुट हातले निकालेर खाए।
साहुनीले चिया तयार भएपछि हामी तीनैजनालाई दिइन्।तीनैजनाले गफगाफ गर्दै चिया खाएर सक्ना साथ मैले आफूले मागेको विस्कुट र एक कप चियाको पैसा साहुनीलाई दिएँ।‘तपाईंहरूले खाएको चियाको पैसा तिर्नुहोला नि बिस्कुटको र मैले खाएको चियाको पैसा मात्रै मैले तिरेको छु’ भनें।
‘हामी त तपाईंलाई देखेर पो चिया खान आएका हौं’उनीहरूले भने.।हामी बीचको कुरा सुन्दै गरेको अर्को ग्राहकले ‘उनीहरू त साहुनीकी छोरीसित आँखा जुधाउन,उसलाई जिस्क्याउन पो चिया खाने बहाना बनाएर आएका हुन् त!भन्दै मुख छोडी हाल्यो।
– अरुणबहादुर खत्री ‘नदी’
सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नम्बर ९८८९०८२५०१
मोबाइल नं ९८४१७९७६६४
काठमाडौं
प्रतिक्रिया