दशैं

सुशील नेपाल २०७८ असोज १७ गते १७:५५ मा प्रकाशित
यसपालीको दशैंले पनि,
त्यो आनन्द,त्यो उत्साह
देला?
खै?
पिंडीमा बसेर मेरो वाटो हेर्नेहरू,
त्यो लिपेको आंगन,
त्यो फक्रेको फूल,
मेरो सानो कुकूर टमी,
मेरो वाटो हेरि रहेको गोरेटो,
त्यो पिंड्ग,
त्यो चड्गा उडाउने गरेको लट्टाइ,
यी सवै,
हाइ काडेर वस्ने होलान्,
अंह म जान्न यसपाली,
मुखमा टालो बांधेर,
कुनै अपराधै विना,
अघोषित मृतुको वारेन्ट वोकेर
म जान्न !
फेरि पनि रमाईलो गर्ने दैशैं आउला,
परदेशवाट भाइहरू काठको वाकसमा हैन,
जाहाजमा धक नमानी आउलान्,
पर्ख मृतुको त्रासवाट,
उन्मुक्ति पाऊन देउ,
अनि हामी
आऊंला,
घर घर जाऔंला,
ठूला वडाको  आशिश लिन,
पुच्छर हल्लाउंदै आउने टमीलाइ
निर्वाध,
अंगालो हालौंला,
कौडा तास खेलौंला,
पिड्गमा झुलेर,
राम्रो भाषामा गीत गाऔंला ,
तर पर्ख,
मेरो वोटो छेकेको यो
दानव कोभिड
ढलोस,
त्यस पछिको दशैं,
पो दशै-
आफन्त र रातो टिका थाप्ने र टाँस्ने,
हाम्रो उत्साहको दशैं !
राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरीका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया