नेपाली गजलमा लामो समयदेखि साधनारत साधक दीप मिलनको गजल संग्रह “सलेदो” प्रकाशन भएको छ । नेपाली गजलको सामूहिक विकासमा क्रियाशील संस्था बहर-बहारको आयोजनामा यहि असोज १५ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अग्रज गजलकार बूँद रानाको प्रमु आतिथ्य तथा गजलमणि डा. घनश्याम परिश्रमी न्यौपाने, गजलकार भुवन निस्तेजको विशेष उपस्थिति तथा बहर बहार संस्थाका संयोजक प्रमोद थाप सहित करूण थापा,टक गुरुङ, आवाज शर्मा,मनोज भण्डारी, भोजराज घिमिरे लगायत साधकहरूको उपस्थिति थियो । साथै उक्त कार्यक्रममा वर्तमान नेपाली गजलका १० प्रतिनिधि गजलकारहरू गजल वाचन समेत रहेको थियो।
दीप मिलन बहरबहारले आयोजना गरेको खुल्ला गजल प्रतियोगिता-२०७५ मा प्रथम भएका थिए । प्रथम हुने गजलकारको कृति पुरस्कार स्वरुप प्रकाशन गरिदिने प्रतिबद्धता अनुसार बहर बहारको संयोजनमा शिखा बूक्सले प्रकाशनमा ल्याएको हो ।
प्रतियोगिताले दिएको यस पुरस्कारले नेपाली गजलमा केही गर्नुछ भन्ने जिम्मेवारीबोध भएको गजलकार दीप मिलन बताउँछन् । सलेदो समस्त गजलप्रेमीहरूको साझा संग्रह भएकाले पढेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेका छन् । प्रतियोगितामा विजयी भई कृति पुरस्कार पाउने सम्भवत: आफू नेपालकै पहिलो गजलकार हुन पाउँदा भाग्यमानी महशुस भएको बताउँछन्। साधनामा थप उर्जा प्राप्त भएको छ उनी भन्छन्।
संग्रहमा जम्मा ६६ गजल समावेश छन् । नेपाली गजलका पिता आदिगजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर प्राबिधिक माध्यम जुम मार्फत उक्त कार्यक्रम भएको हो । कार्यक्रम संस्थाका संयोजक प्रमोद थापाको सभापतित्वमा सचिव लालकाजी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।
प्रतिक्रिया