साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रह प्रकाशित गर्यो अनि उसको कथासङ्ग्रहको विमोचनको कार्यक्रममा मलाई जसरी भए पनि आउनै पर्छ फोन गरेर उसले भन्यो।मैले “अफिसको छुट्टी भएपछि घर फर्कदा तपाईको कथासङ्ग्रहको विमोचनमा जसरी भए पनि आउछु” हार्न नसकेर भने।उसको कथासङ्ग्रहको विमोचन हुने दिनमा अफिस छुट्टी हुनासाथ पाँच बजेपछि म प्रज्ञा प्रतिष्ठानतर्फ पुगे।कार्यक्रमको प्रमुख अतिथि बाटोमा गाडीजाममा फसेर ढिला आइपुगेकाले कार्यक्रम ढिलै शुरु भयो।सवा छ बजेपछि मेरो मोबाइलमा मलाई आमाले फोन गर्नु भएर तँ अहिले कहाँ छस् घर किन अहिलेसम्म पनि आइनपुगेको भन्नुभो।मैले “आमा आज अफिसबाट घर फर्कदा बाटोमा पूरा ट्राफिक जाम भएकोले म अहिले जमल कट्दैछु” भने।मैले मोबाइलमा बोलेको आवाज मसँगै कार्यक्रममा बस्ने अपरिचित साहित्यकारले सुनेर “तपाईले अहिले साहित्यिक कार्यक्रममा छु भन्नु पर्नेमा किन जमल कट्दैछु भन्नु भएको ?” मलाई भन्यो।“मेरो आमाले म घर अहिलेसम्म नपुग्दा आत्तिएर फोन गर्नु भएकोले मैले त्यसो भनेर उत्तर दिनु परेको हो” मैले भने।
सामाखुसी मार्ग,सरकारी धारा,काठमाडौं
मोबाइल नम्बर ९८८९०८२५०१
प्रतिक्रिया