“भिटेन” र मिलन जुटे अनाथ बालबालिका सहयोगार्थ कार्यक्रममा

इनेप्लिज २०७८ असोज १६ गते १०:३५ मा प्रकाशित

काठमाडौँ।हिन्दु नेपालीहरु महान पर्व विजयादशमीको अवसर पारेर असोज २३ गते दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ।कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ जाने भएका छन्।यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने कार्यक्रम व्यवस्थापक प्रकाश घर्ति मगरले जानकारी दिनुभयो।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,मोडल बिजय पुन,मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ।कार्यक्रमलाई सफल पार्नका लागी आयोजक पक्षले विजया दशमीको छेकोमा सबैलाई उपस्थित हुन आग्रह गरेको छ। टिकट दर भने भि.आई.पी.रु ५०० रहने छ भने नर्मल रु ३०० रहने छ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ विजया दशमीको छेको पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो।कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्रजेज हो भने सह अयोजक के.एम्. फिट्नेस सेन्टर हो।

प्रतिक्रिया