सीताले अन्तिम पटक लेखिन्,मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न,तर माइती मान्न तयार छैन यो नोट

इनेप्लिज २०७८ असोज १६ गते १०:२७ मा प्रकाशित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी मृत्यु प्रकरणको अनुसन्धानको क्रममा सु’सा’इ’ड नो’ट फेला परेको प्रहरीले दाबी गरेको छ।

मृतकका श्रीमान टीका पौडेलसँग भएको म्यासेजको विश्लेषण गर्दा सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।प्रहरी कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा दुवै जनाको मोबाइल प्राविधिक परीक्षणको लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएको र ल्याबको प्रतिवेदन अनुसार मृतक सीताले भदौ २० गते राति १२ बजेर १७ मिनेटमा सु’सा’इ’ड नो’ट लेखेको पाइएको उल्लेख छ।

सो नोटमा ‘…मलाई माफ गरिदिनुहोला,मेरो अर्को जुनी भयो भने म हजुरहरुकै काखबाट जन्मिन चाहान्छु,मलाई यो जिन्दगीबाट पुग्यो म सकिन बाँच्न’ भनि लेखिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए।

नोट रोमनाइज नेपालीमा लेखिएको र भाषा शैली र प्याटर्न विगतको एसएमएससँग मिल्ने देखिएको प्रहरीको दाबी छ।२७ वर्षीया सीता भण्डारी गत भदौ २० गते विहान साढे ४ बजे तिलोत्तमा ४ स्थित आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्।पोष्टमार्टम रिपोर्टमा झु ‘न्डि’ए’र मृत्यु भएको उल्लेख छ।

माइती पक्षले उनको देहत्याग नभई ह’ ‘त्या भएको आरोप लगाएको छ।माइती पक्षले ह’ ‘त्याको जाहेरी दिन खोजे पनि प्रहरीले मानेको छैन।

द’बाब पछि प्रहरीले मुद्दा अघि बढाएको छ।मृतकका बुवा हरि प्रसाद भण्डारीले दिएको जाहेरीका आधारमा मृतकका श्रीमान टिका पौडेल,आमाजु बिष्णु पौडेल, जेठाजु हरिप्रसाद पौडेललाई प्रहरीले दु’रु’त्सा’हनको मुद्दामा हिरासतमा राखी अनुसन्धान गरिरहेको जनाएको छ।

यता,माइती पक्षले भने नो’टलाई विश्वास गर्न नसकिने बताएको छ। माइती पक्षले प्रहरीको अनुसन्धान फि’तलो भएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका छन्। भण्डारीको मृत्यु भएको १५ दिन भन्दा बढी भइसक्दा पनि अझै उनको शव उठाउन मानेका छैनन्।

२७ वर्षीया सीताको २ वर्षअघि तिलोत्तमा मणिग्रामका टीका पौडेलसँग मागी विवाह भएको हो।४३ वर्षीय टीका र सीताले पाल्पामा होटल सञ्चालन गरेका थिए। तीजको बेलामा उनीहरु दुवै जना तिलोत्तमा आएका थिए। भदौ ७ गते उनी तीज मान्न माइत गएकी थिइन्।

भदौ १९ गते भतिजाको जन्मदिन छ भन्दै सीतालाई श्रीमान टीकाले बोलाएकोमा सोही दिन दिउँसो घर गएको माइती पक्षले बताएका छन्।२० गते विहान ५ बजे ज्वाइँ टीकाले जरुरी काम छ भनेर तुरुन्त आउन भनेका थिए। सीताको मुखबाट र ‘ग’त ब’गे’को, गलामा चु’ ‘न्नी क’सि’ए’को र भूईंमा ल’ ‘डे को अवस्थामा शव देखिएको थियो।

शरीरमा नि’ल’डा’म’ह’रु पनि रहेकाले ह’ ‘त्या नै भएको सीताको माइती पक्षको दाबी छ।

प्रतिक्रिया