काठमाडौँ।लोकप्रिय गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्तको युगल स्वर रहेको सुमधुर गीत ‘माछीले चलायो पानी’ भिडियो सहित सार्वजनिक भएको छ ।बिशिष्ट संगीतकार आलोक श्रीको संगीत रहेको गीतको शब्द ऋषिराम देवकोटाले कोरेका हुन्।
गीतमा प्रेमी प्रेमीकाले एक अर्काको सम्झनामा ब्यक्त गर्ने मनका भावन समेटिएको छ।प्रेमी प्रेमीकाले एकअर्काेलाई भेट्न आतुर रहेको कथामा भिडियो निर्माण भएको छ।जसमा अभिनेता दीलिप रायमाझी र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। भिडियोमा दीलिप र गरिमालाई प्रेमी प्रेमीको रुपमा,रोमान्टिक अवतारमा उतारिएको छ।
प्रेमीका भेट्न हिडेका दीलिप र प्रेमीको पर्खाइमा रहेकी गरिमाको भिडियो अभिनय सुहाउँदो छ।आलोक श्रीका संगीतले मनमोहक बनेको गीतलाई भिडियोले सिगार्ने काम गरेको छ।
गुञ्जन इन्टटेनमेष्टले निर्माण गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन छ।भिडियोको निर्देशन मौसम हिमालले गरेका हुन्।भिडियो संगीतकार आलोक श्रीको आफ्नै युट्युव च्यानल आलोक श्रीबाट सार्वजनिक भएको छ।गीत दर्शक तथा श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको संगीतकार आलोक श्रीले बताए।
प्रतिक्रिया