सरोजको निर्देशनमा आयो सरलाको ‘बिरोध छैन’

इनेप्लिज २०७८ असोज १५ गते २३:०७ मा प्रकाशित

काठमाडौँ- अभिनेता सरोज खनालको निर्देशनमा गीति भिडियो ‘बिरोध छैन’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडापश्चात् परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ । पारिवारिक खुशीको लागि वाध्यताबस विदेशमा गर्नु परेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ ।

गीतको भिडियोमा मोडल द्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो लिंक:

https://www.youtube.com/watch?v=f4kBcZYEz-c

प्रतिक्रिया