कृष्णप्रसादको एकजना छोरा र एकजना छोरी थिए।छोराको नाम विपिन र छोरीको नाम बनिता थियो।कृष्णप्रसादले छोरा छोरी दुबैजनालाई घरनजिकैको प्राइभेट स्कुलमा भर्ना गरेर पढाउदै गएर दुबैजनाले राम्ररी पढ्दै गएर लोक सेवा आयोगमा दरखास्त दिएर नाम निकाल्न सके।छोराछोरी दुबैले नाम निकाल्दा कृष्णप्रसादलाई साह्रै नै खुसी लाग्यो।
छोराको एकजना एउटै अफिसमा काम गर्ने केटीसंग दुबैजनाले एकले अर्कालाई मन पराएर वैवाहिक जीवनमा बाँधिन पुगे।विपिनले विवाह गरेपछि बुबाआमालाई हेर्न छाड्यो।बुबाआमादेखि टाढा हुन थाल्यो।
बुबाआमादेखि टाढा हुन थालेपछि उसको बुबाआमा दुबैजनालाई नरमाइलो लाग्यो ।वर्षमा एकदिन आउने बुबा र आमाको मुख हेर्ने दिनमा पनि विपिन र विपिनको श्रीमतीले मुख हेरेनन्।बनिताले मात्रै उसको बुबा आमाको मुख हेरिन्।
विपिनको श्रीमतीले बच्चा जन्माएपछि उसको बच्चालाई दिउसो हेर्ने मान्छे पाउन गाह्रो पर्यो।उसको बुबाआमाले नै हेर्न बाध्य पर्यो।त्यसदिनदेखि उसले बुबाआमाको महत्व बुझ्यो।बुबाआमालाई हामीले हेर्ने गर्नुपर्दो रहेछ भन्ठान्यो।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, सरकारी धारा, काठमाडौं
सामाखुसी मार्ग, काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेलः [email protected]
प्रतिक्रिया