रामप्रसादका दुईजना छोरा थिए।जेठो छोराको नाम किशोर र कान्छो छोराको नाम नविन थियो।
रामप्रसाद ट्याक्सी चलाएर आफ्नो परिवारलाई पाल्ने गर्दथ्यो।दुःखै गरेर भए पनि छोराहरुलाई पढाएर ठूलो मान्छे बनाउने उसको धोको थियो।
हरेक दिन बिहान पाँच बजेदेखि राती दश एघार बजेसम्मै ट्याक्सी चलाउँथ्यो। राती अबेर घरमा आएर खाना खान्थ्यो र आराम गर्दथ्यो।
जेठो छोरा किशोरले कलेजको पढाइ सकेर बैंकमा जागिर खान थाल्यो।कान्छो छोरा नविनले स्नातक पढ्दै थियो,डिभी परेर अमेरिका गयो।
एक दिन जेठो छोरा किशोरले आफ्ना बुबालाई चोरीको आरोप लगायो र घरबाट निकालिदियो।त्यो देखेपछि छिमेकीहरुले यस्तो छोरा जन्माउनु भन्दा नजन्माउनु नै वेश भन्न थाले।
घरबाट निकालिदिएपछि रामप्रसादले भाडाको कोठामा बस्न थाल्यो।बुढेसकालमा बुबालाई ठूलो दुःख आइपर्यो।पछि गएर क्यान्सर रोगले सताएर रामप्रसादको डेरामा नै निधन हुन पुग्यो।रामप्रसादको निधन भएपछि घरधनीले उसको परिवारलाई खबर गरेर झिकायो र परिवार रामप्रसादको डेरामा लास देखेर मुर्छा परेर रुँन थाले।जेठो छोराले बेकारमा मैले आफ्नो बुबालाई आफूले जागिर खाएर कमाउन थालेपछि चोर दोष लगाएर घरबाट निकाल्न पुगेछु भनेर पछुताउन थाल्यो।
– अरुणबहादुर खत्री “नदी”
सामाखुशी मार्ग,सरकारी धारा,
काठमाडौं
फोन नं. ४३५३५९४
प्रतिक्रिया