गायिका नलिना चित्रकारको नयाँ गीत ‘असन बजारमा’ सार्वजनिक भएको छ। गायिका चित्रकारले वेद बस्नेतसँगै गाएको उक्त गीत गत आइतबार सार्वजनिक गरिएको हो।
राजनराज शिवाकोटीको संगीत रहेको यस गीतलाई डिपी खनालले लेखेका हुन। गीतको श्रब्य दृश्य (भिडियो) अमेरिकाको टेक्सस राज्यमा र नेपालमा छायांकन गरिएको छ।
उक्त गीतमा कलाकारहरु नायिका अशिष्मा नकर्मी र नारायन प्रधान तथा नेपालमा छायांकन गरिएको श्रब्य दृश्य (भिडियो)मा नमुना( मोडल) उषा उप्रेतीका साथ कमल साउद रहेका छन ।
प्रतिक्रिया