यो जिन्दगी खोज्दा खोज्दै सकियो
खुसिको चाहना रोज्दा रोज्दै सकियो
खोजेको रोजेको सबै नपाउँदा अनि
दुखेको मन जोख्दा जोख्दै सकियो ।
भोली रहन्छु रहन्न् भन्ने जान्दाजान्दै
अनबरत ओईरिने आँशु पोख्दा पोख्दै सकियो
अनायासै पर्ने बाधा अड्चन हरु ले
चरचर चर्किने छाती रोक्दा रोक्दै सकियो
आफ्नै अतीत संझेर भाव विभोर हुँदा
धर्धर धड्किने मुटु बोक्दा बोक्दै सकियो
प्रतिक्रिया