मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:०९
वासिङटन डिसी 20:24

भर्जिनियामा पत्नीलाई हथौडाले हानी हत्या गर्ने पति पक्राउ

इनेप्लिज २०७८ असोज १२ गते ११:२८ मा प्रकाशित

 

भर्जिनियामा आफ्नी पत्नीलाई हथौडाले हानी हत्या गर्ने पतिलाई पक्राउ गरिएको छ । लाउडन काउन्टीका शेरिफका अनुसार उनले आफ्नी पत्नीलाई मार्तोलले हानेको एक हप्ता पछि उनको मृत्यु भएको जनाएका छन् ।

४९ बर्ह्सिय पिटर जे लोलोब्रिगीडो नामक मानिसले ४४ बर्षिय रेगिना रेडम्यान लोलोब्रिगिडोलाई गत सेप्टेम्बर १९ का दिन आक्रमण गरेका थिए । उनले भर्जिनियाको स्टर्लिंग स्थित आवासग्रिहमा आक्रमण गरेको प्रहरीले जानकारी दिएका छन ।

उनको गत आइतबार राती मृत्यु भएको छ । उक्त हत्याको प्रहरीले अनुसन्धान गरि रहेको छ । उनले बिगत ग्रिष्मऋतुमा पनि उक्त महिलालाई आक्रमण गरेका थिए । तर उनलाई धरौटीमा छोडीएको थियो । उनलाई हत्याको प्रयास, खतरनाक आक्रमण जस्ता आरोप लगाईएको एनएबीसी वाशिंगटनले जनाएको छ ।

प्रतिक्रिया