मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:२५
वासिङटन डिसी 18:40

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित,२,०५२ जनाको निधन

६५ बर्ष भन्दा माथिकालाई पूर्ण खोप ८३.२ प्रतिशत,अस्पताल भर्ना हुने दरमा १६ प्रतिसत न्यून

इनेप्लिज २०७८ असोज १२ गते १०:४१ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९ सय ६६ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट २ हजार ५२ जनाको मृत्यु भएको छ ।

गत सोमबार सेप्टेम्बर २७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । संक्रमण दरमा ३३ प्रतिशत न्यून भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ९० हजार ५ सय ५८ जनाको निधन भएको छ भने दैनिक औसतमा १२ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत सोमबारको दिन सम्म कूल ८४ हजार ६ सय ४० कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा १६ प्रतिसत घटेको छ ।

हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड ३१ लाख २ सय ९५ पुगेको छ । गत सेप्टेम्बर २७ का दिन अमेरिकामा १६ लाख ५१ हजार ८८ जनाले कोरोना जाँच गराएका छन ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५५.४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६४.४ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७७.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६६.६ प्रतिशतले लगाई सकेका छन् ।

हाल सम्म ३ करोड ३३ लाख ९४ हजार ८ सय ३३ जना कोरोनामुक्त भएका छन् । ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.६ प्रतिशत र पूर्ण खोप ८३.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

हाल सम्म ४७ करोड १८ लाख १८ हजार ७ सय १५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया