मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:१८
वासिङटन डिसी 19:33

कोलोराडोमा नेपाली भाषा पाठशालाको सहयोगार्थ सा“गितीक साझ कार्यक्रम आयोजना गरिदै

नातिबाबु भट्ट २०७८ असोज १२ गते ९:४६ मा प्रकाशित

नातिबाबु भट्ट,सेप्टेम्बर २७,२०२१-कोलोराडो,अमेरीका नेपाली भाषा पाठशालाको सहयोगार्थ कोलोराडोमा पुरुषोत्तम न्यौपाने सांगितीक सांझ कार्यक्रम आयोजना गरिने भएको छ।

एनआरएन कोलोराडो च्याप्टर र अनेसास कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा आगामी अक्टोवर २३ तारिक शनिवारका दिन कार्यक्रम आयोजना गरिन लागिएको हो।

डेनभर स्थित याक एण्ड यती रेष्टुरेण्टमा आयोजना गरिन लागिएको कार्यक्रमलाई भब्यताका साथ सफल पार्न एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आर सी पन्त र अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौलाको संयोजनमा ९ सदस्सिय एक कमिटी गठन गरिएको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष पन्तले बताएका छन्।यसरी गठन गरिएको कमिटीका अन्य सदस्यहरुमा प्रकाश पौडेल,शंकर गुरुङ,किरण अधिकारी,विजयदेव अधिकारी,दिलकुमारी श्रेष्ठ, शुसिल दहाल र निर्मला अर्याल रहेका छन्।

यस कार्यक्रमको मुख्य प्रायोजक याक एण्ड यती डेनभर रहेको छ भने,प्रमुख सल्लाहकार बासुदेव खनाल रहेका छन्।यसैगरी प्रमुख गायक पुरुषोत्तम न्यौपाने संगै स्थानिय कलाकारहरु दिपक गौतम र संझना पाण्डे लगायतका कलाकारहरुको प्रस्तुती रहने बताईएको छ।यहां कृयाशिल सबै संघ संस्थाका पदाधिकारी गन्यमान्य,बुद्धीजिवी, समाजसेवी,कलाकार,पत्रकार ब्यवसायी,सर्वसाधरण सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु अनुरोध गरिएको छ।

प्रवासमा जन्मे हुर्केका बाल बालिकाहरुलाई नेपाली भाषा तथा संस्कृती सिकाउने उद्धेश्यले यस अघि कोलोराडोको लङमन्ट,अरोरा लगायतका बिभिन्न शहरमा भाषा पाठशाला संचालनमा आएर पनि बिभिन्न कारणबाट निरन्तरता पाउन सकिराखेका छैनन्।

प्रतिक्रिया