मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:४६
वासिङटन डिसी 20:01

भर्जिनियामा थोक पसल भित्र मेरिल्याण्डका एक व्यक्तिलाई छुरा प्रहार गरि हत्या

इनेप्लिज २०७८ असोज १२ गते १:४३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा एक व्यक्तिले थोक पसल भित्र मेरिल्याण्डका एक व्यक्तिलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । उनले भर्जिनियाको अलेकजेनड्रिया स्थित बिजेस होलसेल क्लब (थोक पसल)मा मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंगका व्यक्तिलाई गत शनिबार छुरा प्रहार गर्दा उनको निधन भएको छ ।

उक्त व्यक्तिलाई दोश्रो श्रेणीको हत्याको आरोप लगाईएको छ । ३३ बर्षिय रकीबुल फकिर नामकका व्यक्तिले अबिय जेमिनीलाई अलेकजेनड्रिया स्थित बिजेस होलसेल (थोक पसल )भित्र छुरा हानेको प्रहरीले जनाएका छन् ।

अलेकजेनड्रिया छुरा प्रहार गरे पछि पनि फकिर घटनास्थल मै बसी रहेको जनाएका छन् । प्रहरीहरु त्यहाँ ७:४५ मिनेटमा पुगेका थिए । प्रहरीका अनुसार जेमिनीलाई बचाउने प्रयास गरिएता पनि उनको त्यही मृत्यु भएको घोषणा गरिएको थियो । प्रहरीका अनुसार उनीहरु एक अर्का बीच चिनजान भएको बताए ।

यस घटनाबारेमा प्रहरीले अनुसन्धान गरि रहेको छ भनि डब्लुटिओपील डटकमले समाचार लेखेको छ ।

प्रतिक्रिया