मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:३३
वासिङटन डिसी 18:48

क्यालिफोर्नियाको जङ्गलमा पानी तताउने हुँदा डडेलो लागेको आरोपमा महिला प्रकाउ,९ बर्ष सम्म कैद हुन् सक्ने

इनेप्लिज २०७८ असोज ११ गते २३:२३ मा प्रकाशित

क्यालिफोर्नियाको जङ्गलमा पानी तताउने हुँदा डडेलो लागेको आरोपमा एक महिलालाई प्रकाउ गरिएको छ भने दोषी ठहर भएमा ९ बर्ष सम्म कैद हुनेछ ।

उक्त महिला क्यालिफोर्नियाबाट लामो पैदल यात्रा (हाइक)गर्दै क्यानडा जान कोसिस गरेकी थिइन् र उनले पानी पिउनको लागि तातो पानी तताउदा आगो सल्किएको शास्ता काउन्टी जिल्ला वकिल कार्यालय क्यालिफोर्नियाको अपराधिक उजुरीमा उक्त कुरा उल्लेख गरिएको सिएनएनले जनाएको छ ।

३० वर्षीया अलेक्जान्ड्रा सौभर्नेभाले आपतकालिन अवस्थामा आगो लगाउने बृद्धिसंगै आगजनीको आरोप लगाइएको जिल्ला अधिवक्ता स्टेफनी ब्रिजेटले भने। अझ पनि उक्त क्षेत्रमा आगो लागि रहेको छ भने अझ अनुसन्धान जारी रहेको छ ।

गत सेप्टेम्बर २२ का दिन आगो सुरु भएको थियो भने सोमबार सम्म करिव ८,५०० एकड जमिन जलेको छ ।

“हामी जान्दछौं कि हाम्रो काउन्टीमा सम्भवतः अझ अतिरिक्त आगलागीहरु भएका छन । उनी अन्यक्षेत्रमा लागेको आगोसंग पनि उनि जोडिएकी हुन सक्छिन , राज्यव्यापी रुपमा ” ब्रिजेटले एक पत्रकार सम्मेलनमा गत शुक्रवार भने।

“मेरो कार्यालय (कुनै) ब्यक्तिलाई मुद्दा चलाउन संकोच मान्दैन जसले जानीजानी वा लापरवाहीबाट आगो लगाउँछ।” उनले भने ।

प्रतिक्रिया