मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:०३
वासिङटन डिसी 20:18

फ्लोरिडामा चोरीको गाडी रोक्ने क्रममा सहायक प्रहरीलाई गोली हान्दा मृत्यु

संदिग्धको खबर दिनेलाई ५० हजार डलर

इनेप्लिज २०७८ असोज ११ गते ११:०७ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको चोरीको गाडी रोक्ने क्रममा सहायक प्रहरीलाई गोली हान्दा मृत्यु भएको छ । उनलाई गत आइतबार दिउसो दुई पटक गोली हानिएको नासा काउन्टीका शेरिफ बिल लिपरले सामाजिक संजाल मार्फत बताए ।

२९ बर्षिय जोसुवा मोयर्स नामका सहायक प्रहरीको ज्याक्सनभिल अस्पतालमा मृत्यु भएको उल्लेख गरेका छन् । सयौ प्रहरीहरुले ३५ बर्षिय प्याट्रिक म्याकडोवेल नामक संदिग्ध बन्दुधारीको व्यापक खोजि गरि रहेको जनाएका छन् ।

उनले प्रहरीलाई गत शुक्रबार बिहान कालाहान भन्ने स्थानमा गाडी रोक्ने क्रममा अनुहार र पिठ्युमा गोली हानेका थिए । प्रहरीले उक्त संदिग्धको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले ब्लु अलर्ट (चेतावनी) जारी गरेको छ भने उक्त व्यक्तिसंग हातहतियार भएकोले टाडा रहन आग्रह गरेका छन् ।

प्रहरीका बिभिन्न संघहरुले उक्त व्यक्तिको खबर दिनेलाई ५० हजार डलर समेतको पुरस्कार दिने भएको घोषणा गरेको समाचार एबिसीन्युजले लेखेको छ ।

 

प्रतिक्रिया