मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:२३
वासिङटन डिसी 18:38

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १ लाख १९ हजार संक्रमित,२,०३१ जनाको निधन

१८ प्रतिशत संक्रमित दरमा कमी, दैनिक औसतमा २३ प्रतिशतले मृत्यु दर वृद्धि

इनेप्लिज २०७८ असोज ११ गते १०:४० मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख १९ हजार ८ सय ८३ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार ३१ जनाको मृत्यु भएको छ ।

गत आइतबार सेप्टेम्बर २६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । औसतमा दैनिक १८ प्रतिशत संक्रमित दरमा कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ८८ हजार १ सय ५७ जनाको निधन भएको छ भने दैनिक औसतमा २३ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत आइतबारको दिन सम्म कूल ८६ हजार ४३ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा १५ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड २९ लाख ५ हजार ६ सय १९ पुगेको छ । गत सेप्टेम्बर २६ का दिन अमेरिकामा १ लाख ७४ हजार ६ सय ८५ जनाले कोरोना जाँच गराएका छन ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५५.३ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६४.३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६६.६ प्रतिशतले लगाई सकेका छन् ।

हाल सम्म ३ करोड ३१ लाख ८६ हजार २ सय ६१ जना कोरोनामुक्त भएका छन् । ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.५ प्रतिशत र पूर्ण खोप ८३.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

हाल सम्म ४७ करोड १८ लाख १४ हजार २ सय ३५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया