एउटा छोरीले आफ्नै बुवाको बारेमा यस्तो आरोप कसरी लगाउन सक्छ होला ? एउटा किशोरीले भने आफ्ना बुवालाई त्यस्तै आरोप लगाएकी छन्।आफ्नै बुवाले करणी गरेको र कसैलाई सुनाए धम्की दिएको भन्दै एक किशोरीले युट्युवमा सार्वजनिक गरेकी हुन्।उनले आफु ११ वर्षको हुँदा नै बुवाले त्यस्तो गरेको भएपनि केही भन्न नसकेको बताइन्।सानी छंदा बुवाले जे गर्नु भयो त्यो के हो भन्ने आफुलाई थाहा नभएको बताइन्।
तर अहिले आफु ठूली भएपछि पनि गएको माघ २० गते पनि बुवाले आफुलाई करणी गरेको किशोरीको भनाई छ।माघ २० गतेको घटना पछि बुवाले कसैलाई भनिस् भने तँलाई कसैले विवाह गर्दैन,तेरो कुरा कसैले विश्वास पनि गर्दैन तँलाई नै प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको उनको भनाई छ।
म आमासंग थिए बुवाले मलाई बोलाउनु भयो म जान ड’राए’की थिए।तर तँ संग काम छ भनेर बोलाउनु भयो अनि मलाई लगेर स्टोर लिएर जानुभयो । अनि कोठाको ढोका लगाएर मलाई करणी गर्नुभयो । कसैलाई भनिस् भने तेरै बेइज्जत हुन्छ।
आमालाई भनिस भने तँलाई नै नराम्रो हुन्छ प्रहरीले लैजान्छ भनेर चेतावनी दिएको बताइन्।आमा माथि हुनुहुन्थ्यो तर मलाई बुवाले तल स्टोरमा लगेर यस्तो गर्नुभयो।उनले घटना पछि आफुलाई स्वास्थ्य समस्या भएको बताएकी छन।
प्रतिक्रिया