मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:०२
वासिङटन डिसी 20:17

नेपाली राजदुतावासद्वारा मासाचुसेट्समा कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न

इनेप्लिज २०७८ असोज ११ गते १:१६ मा प्रकाशित

नेपाली राजदुतावास वाशिंगटन डिसीले अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपाली समुदायलाई सेवा पुर्याउने उद्धेश्यले मासाचुसेट्समा कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।

अमेरिकाको मासाचुसेट्स राज्यमा नेपाली समुदायको बसाई राम्रै रहेकोले उक्त क्षेत्रमा कन्सुलर सेवा शिविरको आयोजना गरिएको थियो । यस क्षेत्र या राज्यमा गर्नु अगाडी टेक्सस ,कोलोराडो राज्यहरुमा पनि राजदुतावासले सेवा पुर्याई सकेको छ ।

मासाचुसेट्समा आयोजना गरिएको दुई दिने कन्सुलर शिविर सेवामा २ सय जनालाई सेवा दिइएको छ । राजदुत डा युवराज खतिवडा,डिसिएम(उपनियोग प्रमुख )कुमार राज खरेल,आर्थिक सल्लाहकार होमकान्त भण्डारी,जनक सिंह तृतीय सचिव,रामजी दाहाल तृतीय सचिव समेत उक्त सेवा शिविरमा संलग्न रहेका थिए ।

राजदुतावासका अनुसार सेवा पाएकाहरु निकै खुसि भएका छन् भने कन्सुलर सेवा प्रति सन्तुष्ट रहेको बुझिएको छ ।

प्रतिक्रिया