पोखराको फेवातालमा आत्महत्याको प्रयास:प्रहरीद्वारा सकुशल उद्दार ( भिडियो सहित )

इनेप्लिज २०७८ असोज १० गते १६:४८ मा प्रकाशित

रेखा पौडेल, पोखरा । पोखराको फेवातालमा एक जना पुरुषले आ’त्मह’त्याको प्र’यास गरेका छन्।पोखरा महानगरपालिका वडा न ६ मा रहेको फेवातालमा आज एउटा अ’नौठो घ’टना घ’टेको छ।एकाबिहानै अ’न्दाजी ७ बजेको समयमा एकजना पुरुष एक घण्टा सम्म ब’राहीघा’टमा बस्छन र केहि समयमा उनी ए’क्कासी द’गुरेर फेवातालमा हा’म्फ’ल्दै गर्दा नेपाली सेना ,शसस्त्र प्रहरी र डुंगा चालकहरुको सहयोगमा उनलाई उ’द्दार ग’रिएको छ।

बा’राही घा’टमा डुंगा व्य’वसाय सं’चालन गर्दै आएका डुंगा व्यवसायीहरुका अनुसार धादिङ्ग घर बताउने अन्दाजी ३० वर्षका पुरुष हिजो धादिङ्ग देखि पोखरा आएका थिए। हिजो नै उनी पोखराको एक होटलमा कोठा लिएर बसेका थिए भने हिजो मात्रै पनि उनी बाराही घाटमा आएर केहि समय टोलाउदै बसेका थिए।

एकजना डुंगा व्यवसायीका अनुसार उनी हिजो बाराही मन्दिरमा पुगेर दर्शन पनि गरेका थिए।पोखरामा बिगत लामो समय देखि बन्द रहेको डुंगा व्यवसाय यति बेला खुलेको छ।लकडाउन खुले संगै पोखरामा पछिल्लो समय आन्तरिक पर्यटनको घुइचो लाग्न थालेको छ।त्यस्तै उनी पनि पोखरा घुम्न आएका हुनसक्ने सोच्दै मानिसहरुले उनी भएको तिर त्यती ध्यान दिएनन ।

हिजो राम्रो संग मन्दिरमा दर्शन गर्न गएका उनी आज बिहान एक्कासी मर्ने सोच बनाएर फेवाताल आए।फेवातालमा आज बिहान मात्रै एक घण्टा भन्दा बढी बिताएका उनले एक्कासी दकुर्दै आफ्नो ज्यान फेवातालमा फाल्ने विचारका साथ् बाराही घाटमा आएका रहेछन । केहि समय डुंगा व्यवसायीले सामान्य रुपमा घुम्न आएका होलान भनेर वास्ता नगरेको भएपनि उनी एक्कासी डुंगामा छाडेर टाउको फेवाताल तिर घोप्टे बनाएपचि आत्महत्या गर्न लागेको शंका गरेका थिए।

अन्तत उनले फेवातालमा आफ्नो ज्यान फाल्ने प्रयास गरेपछि उद्दारको लागि तयार रहेको नेपाली आर्मीको टोली ,शसस्त्र प्रहरी र डुङ्गा व्यवसायीको पहलमा उनलाई जिवितै उद्दार गरिएको हो।उद्दार पश्चात उनलाई वडा प्रहरी कार्यालय बैदामको पहलमा उनलाई प्रहरी कार्यालय लगिएको थियो।

आफुलाई जिन्दगीमा एक्लो अनुभव भएको र बिभिन्न रोगहरुले समस्या बनाएको बताउने युवालाई किन यस्तो गर्नु भयो भनेर सोधपुछ गर्दा उनी आफु रोगी भएको र एक्कासी आफुमा बेला बेला यस्तो सोच आउने ,निराशा लाग्ने भएपछि आफु पोखराको फेवातालमा गैर ज्यान फाल्ने निस्कर्षको  साथ् फेवातालमा आएको बताएका छन् ।

हेर्नुहोस घटनास्थलमा पुगेर हामीले एउटा रिपोर्ट तयार पारेका छौ कसरी गरियो फेवातालबाट मानिसको जिवितै उद्दार ?हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया