मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:५९
वासिङटन डिसी 20:14

अमेरिकाको मासाचुस्टेसमा राजदुत डा खतिवडाद्वारा राज्य सांसदहरुसंग भेटघाट

इनेप्लिज २०७८ असोज १० गते १४:१५ मा प्रकाशित

अमेरिकाका लागि नेपाल राजदुत डा युवराज खतिवडा(विद्यावारिधि)ले अमेरिकाको मासाचुस्टेस राज्यका राज्य प्रतिनिधिहरु (कांग्रेस)संग भेटघाट गरेका छन् । गत सेप्टेम्बर २५ का दिन राजदुत खतिवडले मासाचुस्टेस राज्यको बोस्टन शहरमा उनीहरुसंग भेटघाट गरेका हुन्।

एसियन अमेरिकन आयोगका आयुक्त तथा नेपाली समुदायका सामाजिक अभियन्ता प्रल्हाद केसीले आयोजना गरेको रात्री भोज स्वागत कार्यक्रममा राजदुत खतिवडा सरिक भएका थिए ।

राजदूत डा खतिवडाले मासाचुसेट्स सिनेटका अस्थायी रुपमा नियुक्त (प्रो-टेम्पोर )ब्राउनसबर्गर,राज्य जन प्रतिनिधि डोनाल्ड वङ्ग र एसियन ककसका ट्याकी चान तथा विभिन्न समुदायका नेताहरुसंग सामुहिक रुप्मा भेटघाट गरेका छन् ।

मासाचुसेट्स राज्य प्रतिनिधि सभा (स्टेट हाउस )मा नेपाल-अमेरिका सम्बन्धको प्रबर्धन र द्विपक्षीय नेपाली ककसको पुनर्जीवित बिषयमा उत्पादकमूलक छलफल भएको केसीले बताए ।

राजदुत खतिवडाले भोली राज्य गभर्नर,सिनेटर नगर प्रमुख तथा सभामुखलाई समेत भेट्ने कार्यक्रम रहेको केसीले ईनेप्लिजलाई वताए ।

प्रतिक्रिया