मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:२६
वासिङटन डिसी 20:41

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख २० हजार संक्रमित,२ हजार ३४ जनाको निधन

सक्रमण दर १८ प्रतिशत न्यून , २२ प्रतिशतले मृत्यु दर वृद्धि

इनेप्लिज २०७८ असोज १० गते ११:१३ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख २० हजार ७ सय ४ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट २ हजार ३४ जनाको मृत्यु भएको छ ।

गत शनिबार सेप्टेम्बर २५ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । औसतमा दैनिक १८ प्रतिशत संक्रमित दरमा कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ८७ हजार ८ सय ७६ जनाको निधन भएको छ भने दैनिक औसतमा २२ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत शनिबारको दिन सम्म कूल ८७ हजार ३ सय ५४ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा १४ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड २८ लाख ७१ हजार ३ सय ५६ पुगेको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५५.२ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६४.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७६.९ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६६.४ प्रतिशतले लगाई सकेका छन् ।

हाल सम्म ३ करोड ३१ लाख ६२ हजार ४४ जना कोरोनामुक्त भएका छन् । ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.४ प्रतिशत र पूर्ण खोप ८३.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

हाल सम्म ४७ करोड १८ लाख २१ हजार १ सय ५५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया