गीतकार विश्वबल्लभलाई रु एक लाख ५१ हजारको राष्ट्रिय स्रष्टा पुरस्कार प्रदान

मनोज दाहाल २०७८ असोज ९ गते २१:५० मा प्रकाशित

मनोज दाहाल,मोरङ,९ असोज(रासस):वरिष्ठ गीतकार विश्व बल्लभलाई आज यहाँ राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ।

गीतकार सङ्घ नेपाल काठमाडौद्वारा मोरङको सुन्दरहरैचामा आज आयोजित ११ औँ बार्षिकउत्सव एवं नवौं स्रष्टा सम्मान एवं गीत विमर्श कार्यक्रममा उहाँलाई यहाँ रु एक लाख ५१ हजार नगद सहित सम्मान गरिएको छ। यसैगरी राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ लम्जुङ्गलाई नगद रु २५ हजार सहित सम्मान गरिएको छ।

नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउनु योगदान पु¥याउनु भएकोमा हरि उप्रेती अमेरिकालाई डायर पोरा पुरस्कारबाट उहाँको प्रतिनिधित्व गर्नु हुने मौसम पराजुीलाई सम्मान गरिएको छ।यस्तै वर्ष गीत –२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत संग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ।

सो अवसरमा पुरस्कार बितरण गर्दै प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिकहरु उर्जाशिल हुने बताउनु भयो।उहाँले कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै यसको संरक्षण,सम्वद्र्धन गर्नु हामीसबैको कर्तव्य भएको धारणा राख्नु भयो।

प्रदेश प्रमुख अधिकारीले कलाकार एवं साहित्यकार सधैभरी स्वच्छ,निर्मल कोमल भावनाको हुनेहुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमताबान हुने विचार राख्नु भयो।

पुरस्कृत स्रष्टा बल्लभले मेरो देशले मलाई के दियो होइन मैले के दिए?सोचले आगाडि वढ्न सबैलाई आग्रह गर्नु भयो।

सङ्घका अध्यक्ष शुभ मुकारुङ,उपाध्यक्ष बसन्त थापा लगायतले जीवत तथा अमरत्व प्राप्त गरेको स्रष्टाहरुका सन्तानहरुको सहयोगबाट अहिलेसम्म रु ५० लाखको अक्षय कोष स्थापनाका रकम प्राप्त भएको जानकारी दिनु भयो। कार्यक्रममा रकम सहयोग गर्ने स्रष्टाका सन्तानहरुलाई सम्मान गरिएको थियो।

सङ्घले यसअघि आठौं स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया