मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०९:१०
वासिङटन डिसी 23:25

एरिजोनमा रिपब्लिकनहरुले ११ महिना पछि मतपत्र समिक्षा गर्दा पनि बाइडेनको जीत,ट्रम्प र रिपब्लिकनलाई झट्का

इनेप्लिज २०७८ असोज ९ गते १३:५४ मा प्रकाशित

अमेरिकाको एरिजोना रिपब्लिकन दलको अड्डा हो । यसको मतलब यो हैन की उक्त राज्य र काउन्टी सदैव रिपब्लिकनले मात्र जीत हासिल गर्छन । लोकतन्त्रमा जनता मालिक हुन् । जनताले जे चाहन्छन त्यही हुन्छ । जनताले बाइडेनलाई राष्ट्रपति बनाएता पनि ट्रम्प र उनका अन्धभक्तले कहिले विश्वास गरेनन । र गर्दैनन् पनि ।

गत बर्ष नोभेम्बर ४ मा जो बाइडेनले डोनाल्ड ट्रम्पलाई चुनाव हराएका हुन् । अमेरिकाका विभिन्न राज्यहरुमा पटक पटक मतपत्र गणना लगाईयो । कहिले पनि बाइडेन पराजित भएको नतिजा आएन ।

यसै क्रममा एरिजोनमा रिपब्लिकनहरुले ११ महिना पछि मतपत्र समिक्षा गर्दा पनि बाइडेनको जीत भएको पुष्टी गरेको छ ।

एरिजोनाको मारिकोपा काउन्टीमा रहेको मतपत्रहरुलाई रिपब्लिकनले गरेको नेतृत्वले गरेको समीक्षालाई समेत काउन्टीद्वारा बुझाईएको प्रतिबेदनमा कुनै गरिएको मतगणनामा कुनै खास परिवर्तन पाइएको छैन भनि एबिसीन्यूजले लेखेको छ ।

रिपब्लिकन सिनेटका अध्यक्ष करेन फ्यानका अनुसार समीक्षाको गणना काउन्टीको कुलको “केहि सय” भित्र भनि बताएका छन् । उनले नतिजा आए पछि यो चुनावलाई कहिले उल्ट्याउने गरिएको छैन भनि बताए ।

तर साइबर बिज्ञ निन्जासका प्रमुख कार्यकारी अधिकारी (सीईओ )डग लोगानले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले काउन्टीको आधिकारिक प्रचारको तुलनामा २६१ कम मत पाएका थिए सूचित गरेका थिए।

जबकि बिडेनसँग ९९ मत बढी थिए।

प्रतिक्रिया