मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:३९
वासिङटन डिसी 21:54

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १ लाख २३ हजार संक्रमित,२ हजार ६२ जनाको निधन

१६ प्रतिशत संक्रमित दरमा कमी र औसतमा २६ प्रतिशत मृत्यु दरमा वृद्धि

इनेप्लिज २०७८ असोज ९ गते १२:३८ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख २३ हजार ७४ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट २ हजार ६२ जनाको मृत्यु भएको छ ।

गत शुक्रबार सेप्टेम्बर २४ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । औसतमा दैनिक १६ प्रतिशत संक्रमित दरमा कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ८७ हजार २ सय ४७ जनाको निधन भएको छ भने दैनिक औसतमा २६ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत शुक्रबारको दिन सम्म कूल ८७ हजार ७ सय ६७ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा १४ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड २८ लाख १९ हजार ७ सय ८१ पुगेको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५५.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६४.१ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७६.८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६६.३ प्रतिशतले लगाई सकेका छन् ।

हाल सम्म ३ करोड ३१ लाख १२ हजार ९ सय ९३ जना कोरोनामुक्त भएका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.४ प्रतिशत र पूर्ण खोप ८३.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

हाल सम्म ४७ करोड ६ लाख ३० हजार ८ सय ७५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया