मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०६:१९
वासिङटन डिसी 20:34

जितिया पर्व के हो ?

कन्चन ठाकुर २०७८ असोज ९ गते १:५७ मा प्रकाशित

जितिया पर्व नेपाली सांस्कृतिक फूलवारीको एउटा सुन्दर फूल हो, धेरै नेपाली दिदी बहिनी दाजु भाईले मनाउने महत्वपूर्ण पर्व हो । यो ब्रत नेपालको तराईमा र त्यस क्षेत्र संग जोडिएका भारतका राज्यहरूमा पनि श्रद्धापूर्वक मनाइन्छ | विशेषगरी नेपालको भित्री मधेश र तराई क्षेत्रमा वसेबास गर्ने थारू समुदाय र मिथिला क्षेत्रमा बिशेष धुमधामका साथ जितिया मनाइन्छ | थारु समुदायमा आमाहरू र दिदी बहिनीहरू परम्परागत मौलिक झामटा गीत गाउने र समूह नृत्य गर्ने गर्दछन्। आमाहरूले निराहार बसी भगवान को पूजा गरी आफ्ना सन्तानहरूको रक्षा, दीर्घायु, सु-स्वास्थ्य, तथा समृद्धिको कामना गरी ब्रत पूरा गर्दछन् |

जितिया पर्व मनाउने चलन ठाउँ र समुदाय अनुसार अलि फरक हुन सक्छ । ३ दिन सम्म मनाउने यो पर्व आश्विन कृष्ण सप्तमी तिथि देखि शुरू हुन्छ त्यस दिन नुहाएर सफा भई मीठा परिकारहरू खाने गर्दछन् । मांसाहारी ब्रतालुले माछा र मरुवा को रोटी खाने चलन छ । त्यो रात सुती बिहान ४ बजे उठेर ब्रतालुहरू र बच्चाहरू समेत ओङ्ठन खान्छन् अनि बिहान भए पछि दिन भरि उपवास बसी पूजा आजा गर्दछन् भोली पल्ट पारन (ब्रत तोड्ने ) गर्दछन् |

किंवदन्ती अनुशार यो पर्व द्वापर काल देखि शुरू भएको हो । जब द्रोणपुत्र अस्वत्थामाले अभिमन्यु कि पत्नी उत्तराको को गर्भमा रहेको बालक लाई ब्रम्हास्त्र चलाएर मार्न खोज्दा उत्तराले भगवान श्री कृष्णलाई पुकार गरेपछि भगवान श्री कृष्णको कृपाले उत्तराको गर्भमा रहेको बालक परीक्षितको रक्षा भयो त्यस दिनदेखि आफ्नो सन्तानको रक्षा , दीर्घायुको लागि यो जितिया ब्रत को शुरूवात भएको भनिन्छ |

अर्को किंवदन्ती अनुशार यस ब्रतको नाम जितिया, जितुमहानको नामबाट भएको हो भन्ने भनाई छ । जितुमहान राजाका छोरा थिए तर राजपाटबाट बिल्कुल टाढा बस्थे उनी जंगलमा गएर बस्न थाले र एकदिन अचानक एउटा महिला रोएको कराएको सुनेर त्यहाँ पुगे अनि थाहा पाए कि आज उनका नागरूपमा रहेका छोरालाई गरुडले खाने पालो सो दिन परेको रहेछ । अनि त्यो कुरा सुनेर जितुमहानले आफू उसको छोराको ठाउँमा जाने निर्णय गरे र गरुड नजिक गए त्यो देखेर गरुडले सोधे तिमी नागको ठाउँमा किन आएको? तिमीलाई आफ्नो ज्यान को डर भएन? उनले भने नागको आमा रोएको देखेर मैले सहन सकिन र उसको ठाउँमा आएँ मलाई भोजन गर्नु होस् । अनि गरुडले यो सब सुनेर जितुमहानलाई धन्य हौ भनि आशिष दिए र जुन सन्ततीका आमाले आफ्ना छोरा छोरीको लागि तिम्रो नामको ब्रत बस्छिन् उनका सन्तानलाई कहिल्यै पनी मृत्यूको भय हुने छैन भन्ने बरदान दिए । त्यो बेला देखि जितिया नाम बाट यो ब्रत प्रशिद्ध भएको हो भनिन्छ |

कन्चन ठाकुर
उपाध्यक्ष एन्टा

प्रतिक्रिया