हे भगवान् तिमी कहाँ छौ
न तिमीलाई मन्दिरमा भेटे
न तिमीलाई गुम्वामा देखे
न त तिमीलाई चर्च मस्जिद मै भेटे
न तिम्रो आवाज सुन्छु
न तिम्रो चाल नै थाह पाउँछु
तर तिमि आई टपक्क टिपेर
आफ्नै भक्तलाई लिएर जान्छौ
हे भगवान् तिमी कहाँ छौ
भनी देऊ न तिमी के चाहन्छौ !!
दैत्यहरूलाई त तिमी
आफैलाई भष्म गर्ने वरदान दिन्छौ
उस्कै डरले भागी भागी गुफा भित्र लुक्छौ
पापीहरूलाई शक्तिशाली बनाई दिन्छौ
हजारौँ पाप मोचन गरी दिन्छौ
हरेक प्राणीको जीवनको रक्षा गर्न
समुद्रकै विष पनि आफै पिई दिन्छौ
सत्यको बाटोमा लाग्न प्रेरणा दिन्छौ
कर्तव्य र निष्ठा सिकाउने गर्छौ
कर्ममा विश्वास जगाउछौ
तर एउटा अबोध मानवलाई
अकालमै डोराएर लिएर जान्छौ
हे भगवान् तिमी कहाँ छौ
भनी देऊ न तिमी के चाहन्छौ !!
तिमी त सृष्टि कर्ता हौ
हरेक जीवनको पालक र रक्षक हौ
तर तिम्रो सदा भक्ति गर्ने भक्तलाई
सुटुक्क लिएर जान्छौ
दैव तिमी कति निस्ठुरी छौ
ती बृ्द्ध बाबु आमाको मुटुलाई
आँखै अघाडी चुँडेर लान्छौ
आफ्नो बाच्ने सहारा र भरोसालाई
टपक्कै टिपेर लान्छौ
हे भगवान् तिमी कहाँ छौ
भनी देऊ न तिमी के चाहन्छौ !!
तिमी त असहायको सहारा हौ
तर कैयौँ असहायलाई रुवाएका छौ
तिमी त दुखिको दुख निवारक हौ
तर कयौँ दुखिलाई पिडामा डुबाएका छौ
तिमी त वरदान का खानी हौ
खैत तिमीले प्रार्थना सुनेको
तिमी त सर्व व्यापि छौ
खै त त्यो चित्कारलाई सुनेको
तिमी त हरेक ह्रदयमा बस्ने गर्छौ
खै त त्यो ह्रदयको धड्कन सुनेको
हे भगवान् तिमी कहाँ छौ
भनी देऊ न तिमी के चाहन्छौ !!
भन्न त कति राम्रो सँग भन्छौ
मलाई याद गर म तिम्रो साथमा हुन्छु
तिम्रो याद त हामी हर बखत गर्ने गर्छौ
तिम्रो पूजा हरेक दिन गर्ने गर्छौ
तिमी प्रतीको विश्वासमा
कति सँग ढाल बनेर लडने पनि गर्छौ
तर तिमी तरवाल बनेर हाम्रो विश्वासलाई
टुक्रा टुक्रा पारि रहेका छौ
हाम्रो आस्थालाई डगमगाई रहेका छौ
हे भगवान् तिमी कहाँ छौ
भनी देऊ न तिमी के चाहन्छौ !!
बिनोद पोख्रेल
तुल्सिपुर उप नपा – १८, बिजौरी
हाल: काठमान्डौ
२०७८/०६/०८
(ति हरेक अकल्पमिय, असामहिक तथा ह्रदय बिदारक मृत्युका खबरहरु प्रति समर्पित एउटा कबिता !!)
प्रतिक्रिया