मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:२५
वासिङटन डिसी 20:40

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख २६ हजार संक्रमित ,२,०३६ जना को मृत्यु

१४ प्रतिशत संक्रमित दरमा कमी ,अस्पताल भर्ना हुने दरमा १० प्रतिसत न्यून

इनेप्लिज २०७८ असोज ८ गते १०:३६ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार ७ सय ६० पुगेको छ । यसै गरि कोरोना भाइरसबाट २ हजार ३६ जनाको मृत्यु भएको छ ।

गत बिहिबार सेप्टेम्बर २३ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । औसतमा दैनिक १४ प्रतिशत संक्रमित दरमा कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ८४ हजार ४ सय ८८ जनाको निधन भएको छ भने दैनिक औसतमा २९ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत बिहिबारको दिन सम्म कूल ९० हजार ६ सय ८८ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा १० प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड २६ लाख ७८ सय ९४ पुगेको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५५ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६४ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७६.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६६.६ प्रतिशतले लगाई सकेका छन् ।

हाल सम्म ३ करोड ३० लाख ३३ हजार ५ सय २५ जना कोरोनामुक्त भएका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.३ प्रतिशत र पूर्ण खोप ८३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

हाल सम्म ४६ करोड ९५ लाख ६१ हजार ६ सय २५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया