काठमाडौ।चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ।पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ। यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन्।
यस म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड छन्।पल र कवितासंगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ। थारु भाषाको ‘ओ सजन’ गीतको म्युजिक भिडियोमा पलले थारु भाषामा संवादपनि बोलेका छन्।विभिन्न भाषा,भेषभुषाको कामबाट दर्शकलाई म्युजिक भिडियोमा जोडिरहेका पलले फेरी आफ्ना दर्शकलाई फरक टेस्ट दिएका छन्। यस गीतको भिडियोको बारेका बोल्दै पलले भने ‘मलाई नेपालको सबै जातिको भाषा र भेषभुषामा काम गर्ने मन छ।’
बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ।म्युजिक भिडियोमा पल र कविताको जोडी पनि जमेको छ।यो म्युजिक भिडियोको छायांकन अभिनेता पल शाहकै गृह जिल्ला दाङमा भएको थियो।यस म्युजिक भिडियोमा अर्जुन तिवारीको टिमको सिनेमाटोग्राफी रहेको छ।सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ।
भिडियो सहित
प्रतिक्रिया