मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:५०
वासिङटन डिसी 20:05

जनवरी ६ समितिले ट्रम्पका चार वफादार साक्षीको पहिलो बयान लिन न्यायालय उपस्थिति आदेश (सम्मन)जारी

इनेप्लिज २०७८ असोज ८ गते ०:३२ मा प्रकाशित

जनवरी ६ समितिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका चार वफादार साक्षीको पहिलो बयान लिन न्यायालय उपस्थिति आदेश (सम्मन )जारी गरेको छ । उक्त बिशेष समितिले बिहिबार सेप्टेम्बर २३ का दिन पहिलो चरणमा उनीहरुलाई बोलाउने पत्र जारी गरेको छ ।

बिशेष समितिले २०२० को राष्ट्रपतिय चुनावलाई राष्ट्रपति ट्रम्पले उल्टाउने प्रयासहरुको अनुसन्धान गर्ने र कसरी गलत सूचनाको विस्तारले अमेरिकी संसदमा विद्रोह र हिंसा भयो भन्ने बारेमा खोज गर्ने प्रयास गर्नेछन् भनि सिएनएनले समाचार लेखेको छ ।

उक्त सम्मन( उपस्थिति पत्र )मा ट्रम्पका ह्वाइट हाउसका पूर्व प्रमुख मार्क मिडोज, पूर्व उप कर्मचारी प्रमुख ड्यान स्काभिनो, पूर्व सल्लाहकार स्टेभी ब्यानन र काश पटेल, तत्कालीन रक्षा सचिव क्रिस्टोफर मिलरका कर्मचारीका प्रमुखलाई न्यायालय उपस्थिति आदेश जारी गरिएको छ ।

ट्रम्पका पूर्व कर्मचारीहरुलाई निजी बयानको बोलावट गरिने छ । सबै कागजातहरु आगामी अक्टोबर सम्म समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया