मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:२२
वासिङटन डिसी 20:37

एफडिएद्वारा फ़ाइजरको कोभिड-१९ बिरुद्ध खोप ६५ बर्ष माथि तथा उच्च जोखिम भएकालाई खोप लगाउन दियो अधिकार

इनेप्लिज २०७८ असोज ७ गते ११:२७ मा प्रकाशित

एफडिएद्वारा फ़ाइजरको कोभिड-१९ बिरुद्ध खोप ६५ बर्ष माथि तथा स्वास्थ्य उच्च जोखिम भएकाहरुलाई खोप लगाउन अधिकार दिएको छ । गत बुधबार सेप्टेम्बर २२ क दिन अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडिए)ले अधिकार दिएको हो ।

एफडिएले आगामी सप्ताहको अन्त्य देखि तेश्रो खुराक खोप (बुस्टर डोज -वर्धक ) लगाउन अनुमति दिने भएको छ ।

यो निर्णयले ६५ बर्ष भन्दा माथिका जो कोहिलाई पनि अनुवर्धक (बूस्टर )प्राप्त गर्नको लागी अनुमति दिनेछ भनेको छ । साथ साथै १८ बर्ष भन्दा कम उमेरका मानिसहरुलाई यदि उनीहरुको स्वास्थ्य अवस्था उच्च जोखिम छ भने उनिहरुलाई पनि सिफारिस गरेको छ ।

एफडीएका कार्यवाहक आयुक्त डा जेनेट वुडककले सूचीमा स्वास्थ्य सेवा कर्मचारीहरु, शिक्षकहरु ,किराना पसलका कामदारहरु, साथसाथै कारागार तथा घरबारविहीन आश्रयमा रहेका मानिसहरु हुनु पर्दछ भनेका छन् ।

प्रतिक्रिया