मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०९:१४
वासिङटन डिसी 23:29

जर्जियाको एक टापुमा कुकुर फ्याके पछि एक महिला पक्राउ

इनेप्लिज २०७८ असोज ७ गते १:२७ मा प्रकाशित

जर्जियाको एक टापुमा महिलाले समुद्रमा कुकुर फ्याकेको कारण एक महिलालाई पक्राउ गरिएको छ । प्रत्यक्षदर्शीले एक घाइते कुकुरलाई समुद्रमा फ्याँकिदिएको भने पछि महिलालाई गिरफ्तार गरिएको हो ।

जर्जियाको टाईबि नामक टापूमा घाइते जनावरलाई क्रुरताको जघन्य अपराध गरेकोमा जर्जिया आइल्याण्डका प्रहरीले गिरफ्तार गरिएको जनाएका छन् ।

क्यान्डी सेलेना मार्बानलाई जनावरहरु माथि क्रूरताको आरोपमा मंगलवार हिरासतमा लिएको छ । टाइबी टापुका प्रहरीले सामाजिक संजाल मार्फत उक्त महिलाको खोजी (वानटेड )भनि प्रकाशन गरे पछि उनलाई समात्न सरल भएको थियो भनि एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

टाइबी टापुका प्रहरीले मार्बनसंग गत सेप्टेम्बर १२ का दिन जम्काभेट हुँदा कुकुरलाई समेत समुद्रतटमा पुन: फेला पारिएको थियो । प्रहरीका अनुसार एक हप्ता अगाडी उक्त कुकुरलाई चोटपटक लागेकोले उनिसंग उपचार गर्ने पैसा नभएको बताएकी थिइन् ।

अधिकारीहरूले मार्बनलाई उक्त शहरको जनावर प्रति क्रूरताको नियम उल्ल्घन गरेको जनाएको छ र उनलाई जान अनुमति दिएका छन् । प्रहरीलाई उनले पानीमा कुकुरलाई फ्याक्दै गरेको देखे पछि खबर गर्दा अन्य प्रत्यक्षदर्शी ज्यादै दुखि भएका थिए ।

प्रहरीका अनुसार कुकुरको एउटा खुट्टामा गम्भीर चोट लागेको थियो भने खुट्टामा कसरी चोट लाग्यो भन्ने बारे जानकारी नभएको प्रहरीले बताए ।

प्रतिक्रिया