मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:१०
वासिङटन डिसी 19:25

केन्टकीमा बिद्यालय बिहानै गाडी पर्खि रहेका एक १६ बर्षिय बिधार्थीको गोली लागि मृत्यु,२ अन्य किशोरकिशोरी घाइते

इनेप्लिज २०७८ असोज ६ गते २२:२७ मा प्रकाशित

अमेरिकाको केन्टकी राज्यको लुइभिल शहरमा बिहानै बिद्यालय जान बिद्यालयको गाडी पर्खि रहेको समयमा गोलीबारी हुँदा एक १६ बर्षिय बिधार्थीको मृत्यु भएको छ भने २ अन्य किशोरकिशोरी घाइते भएका छन् ।

प्रहरीका अनुसार ३ जना बिधार्थीहरुलाई गोली हानिएको जनाएका छन् । सेप्टेम्बर २२ बुधबारका दिन उक्त घटना बिहानै भएको हो । करिव ६:३० मिनेटमा प्रतिक्षा गरि रहेका बिधार्थीहरुलाई सवारी साधनमा आएका कसैले गोली हानेका थिए।

अर्का घाइते हुने १४ बर्षिय किशोर परेका छन् भने प्रहरीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति राम्रो रहेको बताए । र उनीहरु खतरामुक्त रहेका छन् । यसै गरि १४ बर्षिय किशोरीलाई पनि गोली हानिएको भएता पनि उनलाई हल्का चोट लागेको छ । उनि पनि खतरामुक्त रहेकी छिन ।

प्रहरीले उक्त स्थानमा आएको खैरो रंगको जिप गाडीको व्यापक खोजी गरि रहेको जनाएका छन् । पीडित तीनै बिधार्थीहरु इस्टर्न माध्यमिक बिद्यालयका हुन् भने उनीहरुको पहिचान हुन् सकेको छैन । उक्त घटना भएको केही क्षणमै गाडी आएको थियो भनि एबिसीन्यूजले  समाचार लेखेको छ ।

प्रतिक्रिया