मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:३४
वासिङटन डिसी 22:49

अमेरिकामा आएका अफगानी शरणार्थीहरुलाई ३ दर्जन प्रतिष्ठानहरुले तालिम दिई जागिर दिने

एमाजोन,फेसबुक,फाइजर ,युपिएस लगायतले जागिर दिने

इनेप्लिज २०७८ असोज ६ गते ११:२६ मा प्रकाशित

अमेरिकामा आएका अफगानी शरणार्थीहरुलाई ३ करिव ३ दर्जन प्रतिष्ठानहरुले तालिम दिई जागिर दिने भएको छ । गत मंगलबार उक्त घोषणा गरिएको समाचार आएको छ ।

एमाजोन,फेसबुक,फाइजर ,युपिएस लगायतले जागिर दिने भएको अफगानी शरणार्थीहरुको लागि कम गर्ने टेन्ट संघले उक्त जानकारी दिएको हो ।

चोबानीका प्रमुख कार्यकारी अधिकारी हाम्दी युलुकायाले उक्त गठबन्धन(संघ)स्थापना गरेका हुन् ।

करिव ३७ हजार शरणार्थीहरु अमेरिका आई पुगेका छन् ।

तथापी हजारौ संग स्थायी आवासीय पत्र लगायत अन्य बिशेष प्रवेशआज्ञा समेत छैन । यो प्रक्रिया पुरा नहुन्जेल सम्म उनीहरु सेनाको शरणार्थी शिविरमा बसोबास गर्ने समाचार नेसनल रिभ्यु डटकमले लेखेको छ ।

प्रतिक्रिया