मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:४१
वासिङटन डिसी 22:56

डिसीमा गोलीबारी हुँदा महानगरका बिशेष महिला प्रहरी अधिकारीको मृत्यु ,९ बर्षिय बालक सहित कूल ५ जनालाई गोली प्रहार

२५ हजार डलरको इनाम

इनेप्लिज २०७८ असोज ६ गते ११:०६ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गोलीबारी हुँदा महानगरका महिला बिशेष प्रहरी अधिकारीको मृत्यु भएको छ । गत मंगलबार सेप्टेम्बर २१ का दिन डिसीमा दुखद घटना भएका छन् ।

मंगलबार मात्र ९ बर्षिय बालक सहित कूल ५ जनालाई गोली प्रहार गरिएको डब्लुटिओपिले जनाएको छ । गत राति ८:३० मिनेटमा डिसीको सभानाह मार्गमा डिसीका बिशेष प्रहरीलाई गोली हानिएको फेला परेको प्रहरी प्रमुख रोबर्ट कोन्टीले बताए ।

प्रहरीहरु त्यहाँ पुग्दा उनि बेहोस र स्वास बन्द भएको अवस्थामा पाईएकी थिइन् । प्रहरी प्रमुखले दुख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । उक्त प्रहरीको नाम सावर्जनिक गरिएको छैन भने उनि त्यस बेला कर्तब्यमा रहेकी थिइन् ।

प्रहरीले सेतो प्रकारको क्याम्री जातको सवारी साधनको खोज गरि रहेको जनाएको छ । प्रहरीले उक्त घटनाको बारेमा सूचना दिनेलाई २५ हजार डलर ईनामको घोषणा गरेको छ ।

यसै गरि डिसीको दक्षिणपूर्वमा १३ बर्षका किशोरलाई पनि एक सुलभ पसल अगाडीमा गोली हानिएको थियो । एक व्यक्तिले बन्दुकले अन्धाधुन्ध गोली चलाएका थिए ।

गत मंगलबार दिउसो ९ बर्षका बालकहरु बीच झगडा हुँदा एक मानिस र ९ बर्षिय बालक घाइते भएका छन् ।

प्रतिक्रिया