मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:११
वासिङटन डिसी 21:26

फ्लोरिडाको वेन्डी चमेनागृहमा बिहानै बन्दुकधारीले गोली चलाउदा ३ जनाको मृत्यु

इनेप्लिज २०७८ असोज ६ गते १:१५ मा प्रकाशित

फ्लोरिडा राज्यको वेन्डी चमेनागृहमा अगाडी बन्दुकधारीले गोली चलाउदा ३ जनाको मृत्यु भएको छ । फ्लोरिडा राज्यको उपनगर क्षेत्र फोर्ट लौडेरडेलको ड्राइभ थ्रु (अर्थात् गाडीमा बसेर खरिद गर्ने प्रणाली )मा रहेका मानिसहरुलाई बन्दुकधारीले गोली हान्दा ३ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार सेप्टेम्बर २१ मंगलबारको दिन बिहानै उक्त घटना भएको जनाएका छन् । गोली हाने पछि उक्त बन्दुकधारी फरार रहेका छन् । हालेनडेल समुन्द्रतट( बीच) प्रहरीले केहि सूचना जारी गरेको छ ,तर उक्त पीडितहरु चमेनागृहको कमर्चारी नभएको बताएका छन् । र उनीहरुको नाम पनि सार्वजनिक गरिएको छैन ।

प्रत्यक्षदर्शीका अनुसार बिहान १ बजे हुनु भन्दा अगाडी १० गोली चलेको बताएका छन् । गोली अत्यधिक छिटो चलेको एक स्थानीय समाचार माध्यमलाई बताए ।

प्रहरी प्रमुख मेगन जोन्सका अनुसार जासुसहरुले त्यहाँ जडान भएका श्रब्यदृश्य(भिडियो )हरुको समिक्षा गरि रहेको र त्यस पछि के कारणले त्यसो भएको जानकारी हुने बताएको समाचार एबिसीन्युजले लेखेको छ ।

तस्बिर :डब्लुटिएक्सएल

प्रतिक्रिया