अनेसास कविता महोत्सवका लागि ३५ जना कविहरूको नाम छनोट

समाचारदाता बोष्टन,अमेरिका २०७८ असोज ५ गते २१:१५ मा प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्रष्ट्रिय नेपाली साहित्य समाजले बिहीबार गर्न लागेको कविता महोत्सवका लागि ३५ जना कविहरूको नामावली प्रकाशित गरेको छ । प्रथम एकजना ,द्वितीय एकजना, तृतीय तीनजना र थप तीसजना कविहरूसहित जम्मा ३५ कविहरूले कार्यक्रममा कविता वाचन गर्ने छन्।

अनेसासले प्रत्येक वर्ष प्रतियोगितात्मक कविता महोत्सवको आयोजना गर्ने घोषणासहित पहिलो पटक गर्न लागेको यो कविता महोत्सवमा विश्वभरका तीन सय एक कविले सहभागिता जनाएका छन्।ती मध्ये तीनजना निर्णायकको मतको आधारमा ३५ जना वाचनका लागि छनोट भएका हुन्।

महोत्सवलाई निष्पक्ष र पारदर्शी बनाउन तीनजना निर्णायकलाई जिम्मा दिइएको बताउदै अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले भने- उहाँहरूबाट छुट्टाछुट्टै रुपले आएको नम्बर जोडेर निर्णय गरेका छौँ।यसका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा महासचिव सर्वज्ञ वाग्ले र सदस्यहरू डा.रेणुका सोलु,प्रमोद सारंग,महेश्वर शर्मा सदस्य रहेको समितिले संयोजनको काम गरेको उनले बताए।

पुरस्कृत प्रथम, द्वितीय र तृतीय कविहरूले क्रमश पाँचसय, तीन सय र दुई-दुई- दुई सय अमेरिकी डलर नगद र प्रमाण‍-पत्र प्राप्त गर्नेछन्।

कार्यक्रम सेप्टेम्बर २३ बिहीबारका दिन माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा नेपाली समय साँझ ६.४५ बजे जुम प्रविधि मार्फत गरिने छ ।

कविता वाचनका लागि छनोट ३५ ‌‍जना कविहरूः

१.अग्नि पराजुली (चिताहरु कहिले उठ्लान?) अमेरिका
२. आनन्द अधिकारी (समय अवधि)- जापान
३. केशव भण्डारी (देश छाडनु अघि)- नेपाल
४. केशव शर्मा (नलेखिएको कविता)-अष्ट्रेलिया
५. के:बी पारखी (फर्केर आउनेछु प्रिय) – जापान
६. केशवराज ज्ञवाली (नुनको भूगोल) – अमेरिका
७.कोमलप्रसाद भट्ट (माधुर्यका माधव)- अमेरिका
८. गणेश खड्का (आप्रवासी आर्तनाद)- अफ्रिका
९.टीका आत्रेय (जीवनकुण्ड) -नेपाल
१०. डिआर न्यौपाने सूर्य (परदेश हुनु) – कोरिया
११. दीपेन्द्र के.सी (आत्माघाती उडानविरुद्ध !!)- बेल्जियम
१२. नवीन अभिलाषी (अन्तिम उज्यालोतिर)-‍ नेपाल
१३. नारायण अधिकारी (आरुका बोटमा अक्षरका फूलहरू)-अमेरिका
१४. निरज दाहाल (देशको खवर)- नेपाल
१५. निर्दोष शिव (मातृभूमि यादमा )- दक्षिण कोरिया
१६. निशान निष्कर्ष (आदिम आवाज)- नेपाल
१७. पद्मा लिंखा मगर (नारी)- अमेरिका
१८. प्रकाश पाण्डे (श्रद्धा माधवमा)-अमेरिका
१९. भावकेशर बराल (मौनता)- नेपाल
२०. मञ्जुल मितेरी-(सुदूर सीमारेखाबाट)- जापान
२१. मीरा काफ्ले (चिनारी मेरो )- नेपाल
२२. युवराज भट्टराई (भावनाको सिमाना)- क्यानाडा
२३. रविन शर्मा (लडाईमा लाहुरेको गीत)- जापान
२४. रश्मी भट्ट (जीवन्त छौ हे कवि)- अमेरिका
२५.रुपक अधिकारी (उ त्यहीँ मुल्कोमै थियो मेरो घर )- नेपाल
२६. वन्दना भट्टराई (रहर)- नेपाल
२७. विन्दा पराजुली बराल (नयनमा देशको मानचित्र) – जापान
२८. सविना रेग्मी (विभेदको जड) – जापान
२९.सुशिला निनाम (सूत्रहरूको खोजी) नेपाल
३०. सुवास संगम राई (माटोको उच्चाई)- नेपाल
३१. स्पन्दन विनोद (राष्ट्रकविप्रति भावाञ्जली)- पोर्चुगल
३२. शरद पोखरेल (एउटा चराको सूसाइड नोट)- जापान
३३.शारदा पौडेल ” निशा” (फूल अनि वेश्या)- स्पेन
३४. शिखर दुलाल (पन्नाहरू) -अमेरिका
३५.शुभचन्द्र राई(बाटो)-नेपाल

प्रतिक्रिया