मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०६:२५
वासिङटन डिसी 20:40

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट २,०८७ जनाको मृत्यु, १ लाख ३७ हजार संक्रमित

दैनिक औसतमा ५१ प्रतिशतले मृत्यु दर वृद्धि , ३ करोड २६ लाख ७५ हजार कोरोनामुक्त

इनेप्लिज २०७८ असोज ५ गते १०:४२ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख ३७ हजार २ सय ९५ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट २ हजार ८७ जनाको मृत्यु भएको छ ।

गत सोमबार सेप्टेम्बर २० का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । औसतमा दैनिक ४ प्रतिशत संक्रमित दरमा वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ७७ हजार १ सय ९१ जनाको निधन भएको छ भने दैनिक औसतमा ५१ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत सोमबारका दिन सम्म कूल ९३ हजार ५ सय १ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ८ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड २२ लाख ७४ लाख ६४ पुगेको छ ।

यसैगरी १७ लाख ७५ हजार ७५ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने संख्या दरमा १६ प्रतिशतको वृद्धि भएको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५४.७ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६३.९ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७६.५ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६५.९ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म ३ करोड २६ लाख ७५ हजार ९ सय ८२ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.२ प्रतिशत र पूर्ण खोप ८२.९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड २७ लाख छ भने हाल सम्म ४६ करोड ६५ लाख ३५ हजार ८ सय५५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया